June 28, 2017

म संविधान संशोधनको विरोधी होइन–रायमाझी

२६ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आफू संविधान संशोधनको विरोधी नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै नेता रायमाझीले ५ नम्बर प्रदेशको सिमाना हेरफेर गर्ने कुरामा भने आपत्ति रहेको बताए । उनले निर्वाचनको सम्भावना कम हुदै गइरहेको भन्दै सरकार र राजनीतिक दलहरूले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।

रायमाझीले स्थानीय निर्वाचनको मिति तोक्न ढिलो भइसकेको भन्दै छिटोभन्दा छिटो अन्य निर्वाचनको तयारी पनि गर्नुपर्ने उल्लेख गरेका छन् ।