म जे चाँहु त्यही लगाउँछुः सोनम कपूर

काठमाण्डौ, २२ फाल्गुन । बडिउड अभिनेत्री सोनम कपूर प्रायजसाे आफ्नो रिस मिडियामाथि पोख्ने गर्दछिन् । उनको भड्किलो फेसनलाई लिएर भारतीय मिडियाले ठूलै हंगामा मच्चाउने गरेका छन् ।

मुम्बईमा भएको एक कार्यक्रममा सोनम कालो रंगको जम्प सुट लगाएर पुगेकी थिइन् । जसमा मिडियाको पनि आँखा पर्यो । मिडियाहरुले विभिन्न कोणबाट फोटो समेत खिच्न भ्याए ।

मिडियाहरुले फोटोमा यो पनि लेखे कि,‘ सोनम यो कालो लुगामा सहज देखिइनन् ।’ यो कुरालाई सोनमले हृदयमा लिइन् र भनिन्,‘म बुर्का लगाउँ कि बिकिनी, यो मेरो मर्जी । अरु कसैले भन्न पर्दैन मैले के लगाउन पर्छ भनेर ।’

बलिउडकी सबैभन्दा स्टाइलिस मानिने सोनम कपूर आफ्नो पहिरनको कारण चर्चामा आउने गरेकी छिन् । आखिर उनी जे गरुन् उनकै मर्जी, त्यसमा मिडियालाई के को चासो ?