September 23, 2017

म्यान्चेष्टर युनाइटेड र बार्सिलोना मैत्रीपूर्ण खेलमा भिड्ने

काठमाडौं, १७ फाल्गुन । इंगलिस प्रिमियर लिगको महारथी म्यान्चेष्टर युनाइटेड र स्पेनिस लिग लालिगाको बलियो टिम बार्सिलोना मैत्रीपूर्ण खेलमा आमने सामने हुने भएका छन् ।

म्यान्चेष्टर युनाइटेड इभिनिङ न्युजको रिपोर्टले दुबै क्लब बीच कुरा भएको र अन्तिम निर्णय नभई सकेको बताएको छ । प्रति वर्ष विश्वका ठूला ठूला क्लब बीच यस्तो मैत्रीपूर्ण खेल हुने गरेको छ ।

यद्दपि खेलको तालिका भने अर्को महिना न्युयोर्कमा सार्वजनिक गरिने छ । गतवर्ष बार्सिलोनाले लिभरपुलसँग पनि मैत्रीपूर्ण खेल खेलेको थियो । सन् २०१५ मा अन्तर्राष्ट्रिय च्याम्पियन्स कपका लागि भएको भिडन्तमा युनाइटेडले बार्सिलोनालाई ३–१ ले जीतेको थियो । एजेन्सी