October 19, 2017

म्यानमारमा मुसलमान माथि जातीय संहार नभएको सूचीकाे भनाई

काठमाण्डौ,२४ चैत्र । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ् सान सू चीले रोहिन्जिया मुसलमान अल्पसंख्यकको जातीय संहार भइरहेको भन्ने कुरा अस्वीकार गरेकी छन ।

उनीहरुविरुद्ध ज्यादती भएका भन्ने खालका विवरणहरु सार्वजनिक भइरहेपनि सूचीले बीबीसीसँगको विशेष अन्तर्वार्तामा उक्त कुरा अस्वीकार गरेकी हुन ।

नोबेल पुरस्कार विजेता सूचीले रखाइन राज्यमा समस्या  रहेको बताइन । प्राय: यो राज्यमा अधिकांश रोहिन्जियाहरु को बाहुल्यता रहेको सूचीले बताइन । सूचीले बरु  आफ्नो देश रोहिन्जियाहरुलाई खुला हृदयले स्वागत गर्न तयार रहेको बताइन । बीबीसीका विशेष संवाददाता फर्गल किनसँग उनले भनिन मलाइ जातीय संहार भएको कुनैपनि कोणबाट लाग्दैन । बर्मा समेत भनिने म्यानमारमा रोहिन्जियाहरुलाई नागरिकता दिइएको छैन ।