October 24, 2017

म्यादी प्रहरीमा ३ सय ५४ स्नातकोत्तर उत्तीर्ण

काठमाण्डौ, २७ चैत्र । म्यादी प्रहरीमा देशभरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका ३ सय ५० भन्दा बढी जनशक्ति छनोट भएका छन ।

वैशाख ३१ को स्थानीय तह निर्वाचन सुरक्षाका लागि पाँच क्षेत्रबाट ३ सय ५४ जना स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरीमा छनोट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादीमा स्नातक तह उत्तीर्णको संख्या पनि २ हजार ५ सय भन्दा बढी रहेको छ । प्रहरीले शुक्रबार प्रकाशित गरेको अन्तिम नामावलीअनुसार म्यादी छनोटमा प्रमाणपत्र तहदेखि स्नातकोत्तर गर्नेको संख्या उल्लेख्य रहेको जनाएको छ ।

प्रहरीका अनुसार म्यादीमा आवेदन दिने स्नातक र स्नातकोत्तर गरेका अधिकांश उत्तीर्ण भएका छन । देशमा बढ्दो शैक्षिक बेरोजगारी तथा विदेशमा सजिलै सुरक्षागार्डको रोजगारी पाउने लोभका कारण पनि उच्च शिक्षा हासिल गरेका जनशक्ति म्यादीमा इच्छुक भएका हुन  । यो खबर आजको कारोबारमा छ ।