म्यादी प्रहरीमा मधेसी युवाको आर्कषण बढ्दो

सुनसरी, १४ चैत्र । स्थानीय तहको चुनावको सुरक्षाका लागि खुलेको म्यादी प्रहरीको आवेदनमा मधेसी मुलका युवाहरुको आर्कषण बढेको छ ।

निर्वाचनमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेका मधेस केन्द्रीत दलका युवाहरुमा नै म्यादी प्रहरीका लागि आवेदन दिन होडवाजी चलेको हो ।

आवेदनका लागि सुनसरीमा देखिएको मधेशी मुलका युवाहरुको भिडले चुनावी सरगर्मी समेत बढाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा आवेदनका लागि पुग्नेहरुमा मोर्चाले आफ्नो पकट क्षेत्र मान्ने जिल्लाको दक्षिणी भेगका युवायुवतीको संख्या अत्याधिक रहेको छ ।

भाषी, दुहवी, इटहरी, धरान सहित भित्रि ग्रामीण भेगबाट समेत म्यादीका लागि आवेदन बुझाउन घण्टौंसम्म युवायुवती लाइनमा बस्ने गरेका छन् ।