March 26, 2017

मौरी पालनबाट मनग्य आम्दानी

पाण्डव शर्मा
दाङ, २६ फाल्गुन । दाङका किसानहरुले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

दाङमा यस वर्ष मात्र एक करोड रुपैयाँभन्दा बढीको मह उत्पादन भएको छ । दाङमा उत्पादित मह दाङ लगायत काठमाण्डौं, पोखरा, विरगञ्ज, बुटवल, नेपालगञ्ज लगायतका प्रमुख शहरहरुमा बिक्री भइरहेको किसानहरु बताउँछन् ।

एक घार मौरीबाट वार्षिक करिव १० हजार रुपैयाँ आम्दानी गर्न सकिने किसानहरुको भनाई छ ।

दाङमा हाल ५ हजार मौरीपालन गर्ने किसानहरु रहेको जिल्लामा क्रियाशील एक मात्र मौरीपालक कृषि सहकारी अम्बिकेश्वरी सहकारी संस्थाले जनाएको छ । यस वर्ष मात्रै दाङमा २५ हजार टन मह उत्पादन भएको सहकारीले जनाएको छ ।

मौरीपालन व्यवसाय अन्य व्यवसायको तुलनामा सजिलो र कम लगानीको हुने किसानहरुको भनाई छ ।

काठमाडौं, रुपन्देहि, कपिलवस्तु लगायतका जिल्लाबाट यहाँ मौरी चराउन आउने गरेको मौरीपालक किसान मिनराज घिमिरेले बताए । दाङमा प्रशस्त तोरी र चिउरी उत्पादन हुने हुँदा यहाँको हावापानी मौरी पालनका लागि उपयुक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *