मोसुल विमानस्थल आइएस मुक्त

काठमाण्डौ,१३ फाल्गुन । इराकी सरकारी फौजले त्यहास्थित मोसुल विमानस्थल आइएसको नियन्त्रणबाट मुक्त गराएको छ ।

इराकी फौजले ४ घण्टाको संर्घषपछि पश्चिमी मोसुलमा रहेको मोसुल विमानस्थल सरकारी नियन्त्रणमा लिएको हो । अमेरिकी गठबन्धको सहयोगमा आइएससंगको संर्घषपछि विमानस्थल सहित अल झाज्लानी क्षेत्र नियन्त्रणमा लिएको छ ।

यसअघि, उक्त सरकारी फौजले गत महिना पुर्वी क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो । विमानस्थल कब्जामा लिएसंगै अन्य क्षेत्र आइएस मुक्त गराउन सहज हुने सरकारी फौजले बताएको छ ।

उता, संयुक्त राष्ट्रसघंले भने सरकारी फौज र अतिबादी संगठन आइएसको चेपुवामा परेका नागरिकका बिषयमा चासो राखेको छ । मोसुल क्षेत्रमा ८ लाख भन्दा बढी मानिस चेपुवामा परेको अनुमान गरिएको छ ।