October 19, 2017

मोर्चाले निर्वाचनमा भाग नलिए पनि चुनाव हुन्छ–अग्नि सापकोटा

काठमाण्डौ, १८ फाल्गुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले मधेशी मोर्चाले निर्वाचनमा भाग नलिए पनि चुनाव भएरै छाड्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले निर्वाचन ऐतिहासिक कुरा भएका सबै दलले चुनावमा भाग लिनुपर्ने बाताए । सापकोटाले धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले सिंहदरबारको अधिकार जनतामा पुर्याउने अवसरलाई सबै दलहरुले उपयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्रीले हिजो जनताको नाममा गरेको सम्बोधनको आफ्नो पार्टीले स्वागत गरेको बताए । उनले निर्वाचनको अवरोध गर्नुभन्दा पनि सबै दल निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिए ।

मोर्चाका नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र चुनावको विरोधमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

काँग्रेसका नेता रामकृष्ण यादवले संविधान कार्यान्वयनको लागि पनि निर्वाचन आवश्यक रहेको स्पष्ट पारे ।