September 26, 2017

मोर्चालाई प्रधानमन्त्रीको प्रश्न , संशोधन प्रस्ताव पारित नभए के गर्ने ?

काठमाण्डौ, १७ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित हुने संभावना नरहेको भन्दै अब के गर्ने भनेर मधेसी दलको धारणा मागेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका नेतासहितको बैठकमा प्रधानमन्त्रीले पारित नहुने संशोधन प्रस्तावलाई संसदमा लैजाउँ कि यथास्थितिमै राखौं भनेर मधेस केन्द्रित दलका नेतालाई सोधेका थिए । संशोधनलाई यथास्थितिमै राखेर मधेसी मोर्चा चुनावमा गए हुन्थ्यो भन्ने प्रधानमन्त्रीको चाहना छ ।

प्रधानमन्त्रीको प्रश्नमा मधेसी दलका नेताले कुनै जवाफ नदिएको माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले बताइन् ।

प्रधानमन्त्रीले संशोधन प्रस्ताव पारित गर्नका लागि राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग पनि छलफल गर्ने बताएको छ ।