मोर्चाद्वारा सोमबार पनि संसद बहिष्कार

काठमाण्डौ, २८ चैत्र । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबार पनि संसद् बैठक बहिष्कार गरेको छ ।

संविधान संशोधन प्रकृया कार्य सूचीमा नपरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका संसद्को बैठक बहिष्कार गरेको हो । सोमबारको बैठकको सुरुमै मोर्चाका नेता तथा सासंद गापाल दहितले संविधान संशोधन प्रकृया टुङगोमा नपुर्याएसम्म बैठकमा सहभागी नहुने बताए । उनले संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचन हुनै नसक्ने ठाकुवा पनि गरेका छन् । उनले आफुहरुका माग सदनले पनि नसुनेको भन्दै गुनासो पनि गरेका छन् ।

सासंद दहितले धारणा राखे लगतै मोर्चाका सांसदहरु नाराबाजी गर्दै संसद् हलबाट बाहिरिएका थिए । मोर्चाले लामो समयदेखि लगातार संसद् बहिष्कार गर्दै आएको छ ।