August 21, 2017

मोर्चाको अवरोधको कारण स्थानीय तहमा काम गर्न कठिन

काठमाण्डौ, २० चैत्र । स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण हुँदासमेत करिब तीन हजार वडामा वडा सचिव रिक्त रहेको सरोकारवाहरुले बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित पत्रकार भेटघाटका क्रममा ७४४ स्थानीय तहमा ६ हजार ६८० वडा कायम रहेकोमा ३ हजार वडा सचिव रिक्त रहेको स्थानीय तह निजामती सचिव संंरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजाले बताए ।

उनले तराईमा मधेशी मोर्चाको अवरोधका कारण उनीहरुले आफ्नो काम गर्न नसकेको बताए । स्थानीय तहको कार्यान्वयनसँगै करिब ३ हजार गाविस सचिवले दोहोरो जिम्मेवारी निर्वाह गरी स्थानीयलाई सेवा प्रवाह गरिरहेको बताए । उनले सरकार गम्भिर बन्न नसक्दा सक्षम कार्यसम्पादनमा अप्ठ्यारो परेको बताए ।

केन्द्रका सल्लाहकार हरिप्रसाद पोखरेलले मधेशमा सचिवहरुले काम गर्न सक्ने अवस्था नरहेको भन्दै मधेशी मोर्चाको अवरोधका कारण स्थानीयलाई सेवा प्रदान गर्न नसकिरहेको प्रस्ट पारे ।

उनले विभिन्न जिल्लामा सरकारले सोचे अनुसारको सेवा प्रदान गर्न नसकेको गुनासो गर्दै वडा सचिहरुलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।