October 23, 2017

मोर्चाका विरोधबीच ४ जिल्लामा मतदान केन्द्र तोकियो

काठमाण्डौ,२८ चैत्र । मधेसी मोर्चाको विरोधबीच २ नम्बर प्रदेशका ४ वटा जिल्लामा मतदान केन्द्र निर्धारण गरिएका छन ।

निर्वाचन आयोगका अनुसार २ नम्बर प्रदेशका धनुषा, सर्लाही, बारा र पर्सामा निर्वाचन क्षेत्र निर्धारण भएका छन ।

आयोगले सरकारलाई अल्टिमेटम दिएर २ नम्बर प्रदेशमा मतदान केन्द्र निर्धारण गरिदिन आग्रह गरेको थियो । तर सरकारका तर्फबाट खासै पहल नभएपछि चार वटा जिल्लामा अझै केन्द्र निर्धारण हुन सकेका छैनन । राजनीतिक सहमतिमा केन्द्र निर्धारण नभए २०७० सालको संविधानसभा निर्वाचनमा तोकिएका मतदान केन्द्रलाई नै कायम गरेर निर्वाचन गराउने चेतावनी आयोगले दिइसकेको छ ।

यसैबीच ४४ वटा राजनीतिक दलले आफ्नो पार्टीबाट उम्मेदवार प्रमाणित गर्ने अधिकारीको नमुना हस्ताक्षर आयोगमा बुझाएका छन । उम्मेदवार प्रमाणित गर्ने अधिकारी दलको केन्द्रिय स्तरको नेता हुनुपर्ने स्थानीय तह निर्वाचन ऐनमा व्यवस्था छ । आयोगले यस्तो व्यक्तिको हस्ताक्षर संकलनका लागि चैत ३० सम्मको समय तोकेको छ। यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।