October 24, 2017

मोदीले भने- ‘कञ्चनपुर घटना दोषीलाई कारबाही हुन्छ’

नयाँ दिल्ली, ४ चैत्र । भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा भारतीय प्रधानमन्त्री मोदी र गृहमन्त्री निधिबीच करिब २५ मिनेट लामो कुराकानी भएको थियो ।

भेटमा कञ्चनपुरमा एक साता अघि एसएसबीको गोली लागेर मारिएका नेपाली गोविन्द गौतमप्रति दुःख व्यक्त गर्दै मोदीले घटनाको निष्पक्ष छानविन हुने बताएका थिए ।

उनले घटनामा एसएसबी दोषी पाइए कारबाही हुने बचन समेत दिएको मन्त्री निधिले बताए ।