October 24, 2017

मोदीले तीन वर्षभित्रमा नेपाललाई हिन्दूराष्ट्र बनाउनुहुन्छ : बिष्णु बराल

काठमाडौं, २३ चैत्र । नेपाल हिन्दूराष्ट्र पुर्नस्थापना केन्द्रका संस्थापक अध्यक्ष विष्णु प्रसाद बरालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी तीन वर्ष भित्र नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्ने खुलासा गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदीजीले जसरि पनि नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्नुहुन्छ, नेपाल हिन्दूहरुको आस्थाको राष्ट्र हो । उनले नेपाललाई हिन्दूराष्ट्र बनाउने योजना अनुसार नै मोदीले उत्तर प्रदेशमा योगीजीलाई मुख्यमन्त्री बनाएको स्पष्ट पारे ।

बरालले नेपाललाई हिन्दूराष्ट्र पुर्नस्थापना नगरेसम्म आफूहरुको अभियान जारी रहने बताए् । उनले भने, ‘नेपालमा ९४ प्रतिशत हिन्दूहरु छन्, मोदीको चाहना नेपाललाई विश्वमा एकमात्रै हिन्दूराष्ट्र बनाउने हो, त्यो बनाउन हामी गृहकार्यमा जुटेका छौं, पश्चिमाहरुको इसारामा नेपाललाई धर्मनिरपेक्ष बनाईयो, यो कुनै पनि हालतमा मान्य छैन, धर्मनिरपेक्ष खारेज गराएरै छाड्छौं ।’

नयाँ दिल्लीमा बस्ने बराल हिजो मात्रै नेपाल आईपुगेका हुन् । बराल भारतीय सत्तारुढ दल भाजपा र हिन्दुवादी संगठन आरएसएस निकट मानिन्छन् ।