दुर्घटनामा घाइते सांसद दुलारी देवीकाे निधन

काठमाण्डौ, ११ चेत्र । मोटरसाइकल दुर्घटनामा घाइते भएकी सांसद दुलारी देवीकाे उपचारको क्रममा ललितपुरस्थित बि एण्ड बि अस्पतालमा निधन भएकाे छ ।

४६ वर्षिय साँसद दुलारी केही दिनअघि भारतको सितामडीमा मोटरसाइकल दुर्घटनामा परेकी थिईन ।  सर्लाही जिल्लाबाट  समानुपातिक तर्फकी सांसद दुलारी नेकपा एमालेको विभिन्न जनवर्गिय संगठनमा रहेर राजनीति गर्दै आएकी थिईन् ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले एमाले पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।