August 22, 2017

मेरो जरुरी काम छ भन्दै आएका ओली बालुवाटारमा

काठमाण्डौ, ३० फाल्गुन । मेची–महाकाली अभियानको क्रममा कपिलवस्तु पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली जरुरी काम छ भन्दै हतार–हतार काठमाडौं फर्किएर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।

प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भेटवार्ता भएको छ । प्रचण्ड र ओलीबीच झण्डै ४५ मिनेट छलफल भएको स्रोतले बताएको छ । स्रोतका अनुसार ‘संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत समयसामयीक विषयमा उनीहरुबीच छलफल भएको छ ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा सोमबार जितपुरको कार्यक्रममा ओलीसँग होली मनाउन आग्रह गर्दै एमाले कार्यकर्ताले जनतालाई सभामा बोलाएका थिए ।

तर, त्यहाँ ओली अनुपस्थित भएपछि एमाले नेताहरुले समर्थकहरुसँग माफी माग्दै अब चुनावपछि ओलीलाई ल्याउने बताएका थिए ।