October 19, 2017

मेनेन्जाइटिस रोगबाट नाइजेरियामा एक सय ४० जनाको मृत्यु

काठमाण्डौ, १५ चैत्र । नाइजेरियामा मेनेन्जाइटिस रोगबाट एक सातामा एक सय ४० जनाको मृत्यु भएको छ ।
नाइजेरियाका विभिन्न ६ राज्यमा पछिल्लो एक सातामा मेनेन्जाइटिसबाट एक सय ४० जनाको मृत्यु भएको हो । ती ६ राज्यमा एक हजार भन्दा बढी संक्रमित भएको बजुजा राज्यको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

शरणार्थी क्याम्पका कैदीबाट रोग फैलिएको अनुमान गरिएको छ । मेनेन्जाइटिसका किटाणुहरु वातावरण र रगतबाट संक्रमण हुने गदर्छ । मष्तिष्क पक्षघातको जस्तै लक्षण देखिने यो रोग लागेपछि मृत्यु हुने दर ३० प्रतिशत रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नाइजेरियामा फैलिएको मेनेन्जाइटिस नियन्त्रणका लागि छिमेकी देशबाट भ्याकिसन ल्याउने प्रयास भइरहेको स्वास्थ्यमन्त्री आइसा डेवालेले बताएका छन् ।