October 17, 2017

मेगा बैंक र रेमिट टु प्राइभेटबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता

काठमाण्डौ १९ फाल्गुन । मेगा बैंक लिमिटेड र रेमिट टु प्राइभेट लिमिटेड नेपाल बीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।

मेगा बैंकका तर्फबाट सहायक उपसिइओ रविना देशराज श्रेष्ठ र रेमिट टु नेपालका सिइओ श्रीचन्द्र भट्टले रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि रेमिट टु नेपालमार्फत नेपालीले विदेशबाट पठाएको रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउने उनले बताए ।

यसैगरी, रेमिट टु नेपालको सफ्टवेयरमार्फत देशभर रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ ।

यो साझेदारीपछि विशेषगरि खाडी, जापान र युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको बताएको छ ।

मेगा बैंकका देशभर ४० वटा शाखा कार्यालय र १४ सय रेमीट एजेन्ट रहेका छन् ।