October 22, 2017

मेगाको ‘नानीमा लागेको बानी’ मा पारस र प्रियंका

काठमाण्डौ २६ चैत्र । मेगा बैंक नेपाल लिमिटेडले ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानलाई तीव्रता दिएको छ ।

सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न प्रोत्साहित गर्ने अभियानकाक्रममा शनिबार काठमाडौंको डिल्लीबजारस्थित साब पब्लिक स्कूलमा आयोजित कार्यक्रममा मेगा बैंकको सद्भावना दूतको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अभिनेत्री प्रियंका कार्कीले बालबालिका तथा अभिभावकहरुसँग भेटघाट गरेका छन ।

अभियानकाक्रममा आयोजित कार्यक्रममा मेगा बैंकका अध्यक्ष तथा सूर्योदय शिक्षा फाउन्डेशनका अध्यक्ष भोजबहादुर शाहले क्रिकेटर खड्का र अभिनेत्री कार्कीले मेगा बैंकको अभियानलाई साथ दिएकोमा धन्यवाद दिए । उनले बालबालिका र युवाहरुमा बचत गर्ने बानीको विकास गर्न मेगा सद्भावना दूत पारस खड्का र प्रियंका कार्कीले उत्कृष्ट भूमिका रहने विश्वास व्यक्त गरे ।

‘हलोदेखि हाइड्रोसम्म’लाई आफ्नो मुख्य नारा बनाउँदै आएको मेगा बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत युवा तथा बालबालिकाको क्षेत्रमा लगानी गर्दै आएको छ ।