August 23, 2017

मेक्सिकोमा २ सय ५० वटा खप्परसहितको सामुहिक चिहान फेला

काठमाण्डौ २ चैत्र । मेक्सिकोको उत्तरी राज्य भेराक्रुजमा २ सय ५० वटा खप्परसहितको सामुहिक चिहान फेला परेको छ ।

भेराक्रुज राज्यका प्रवक्ता जोर्ज विनसेकलरले दुइसय पचास खप्परसहितको चिहान भेटिएको बताएका हुन ।

टेलिभिजन च्यानल टेलिभिसामा सम्बोधन गर्दै विनसेकलरले लागु पदार्थका कारोवारीले मानिसहरुको हत्या गरी गाडेको हुनसक्ने बताए । लागु पदार्थका कारोवारीले लामो समयदेखि भेराक्रुजलाई मानव लाश गाडनेस्थल बनाएको उनले बताए । उनले अझै खोज अनुसन्धान गरे अन्य क्षेत्रमा कंकाल भेटिने बताए ।