October 18, 2017

मेक्सिकोको मेट्रो बसमा ‘लिङ्ग अंकित सिट’

काठमाण्डौ, १८ चैत्र । मेक्सिको शहरमा चल्ने मेट्रो बसमा एउटा यस्तो नयाँ स्टाइलको सिट छ जुन सिटमा हरकोही बस्न चाहँदैनन् ।

‘पुरुषको लिङ्ग अकिंत’ उक्त सिटलाई अनुचित, असुविधाजनक, अपमानजनक र लज्जाको रुपमा मानिन्छ । महिला यात्री विरुद्ध हुने यौन उत्पीडनतर्फ ध्यान आकर्षित गर्नको लागि लिङ्ग आकारको सिटको डिजाइन गरिएको हो ।

उक्त सन्देशमा लेखिएको छ, ‘यहाँ बस्नु असुविधाजनक छ तर यो प्रतिदिन महिला यात्रुले बसमा झेल्ने यौन उत्पीडनभन्दा कम छ ।’

सिटमा बनाइएको उक्त आकृति भने स्थायी होइन, यो केही समयका लागि मात्र हो । ‘नोएसडीहोमब्रेस’ को अभियानको उद्देश्य सार्वजनिक यातायातमा यात्रा गर्दा हुने यौन उत्पीडनतर्फ ध्यान खिँच्नु हो ।

यो अभियानलाई लिएर सकारात्मक र नकारात्मक दुबै प्रतिक्रियाहरु आइरहेका छन् । पछिल्लो १० दिनमा युट्युबमा यो भिडियोलाई ७ लाखभन्दा बढिपटक हेरिएको छ । कतिपयले यो जुक्तिको तारिफ गरेका छन् भने कतिपयले यो कार्यलाई ‘लैङ्गिक भेदभाव’ बताएका छन् ।

‘जेंडेज’ मेक्सिकोको एउटा यस्तो संस्था हो जो यौन उत्पीडनको विरुद्ध जागरुकता बढाउनको लागि पुरुषसँग मिलेर काम गरिरहेको छ ।

सन् २०१४ मा बेलायतको एक सर्वे कम्पनी ‘यूगो’ ले सार्वजनिक यातायातको मामलालाई लिएर विश्वभरि सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षण अनुसार, मेक्सिको शहरको मेट्रो बस महिलाको लागि सबैभन्दा असुरक्षित साबित भएको थियो ।

पछिल्लो वर्ष मेक्सिको शहरका मेयरले महिलामाथि हुने उत्पीडन कम गर्नको लागि महिलालाई सिटी दिने घोषणा गरेका थिए । तर यस्तो कार्यको पनि धेरै विरोध भएको थियो ।

मेक्सिको शहरका एक पत्रकारले ट्विट गर्दै भने, ‘यदि चिल्लाउँदा त मद्दत मिलेन भने यसबाट के आश गर्न सकिन्छ र ?