August 18, 2017

मुसहर बस्ती निर्माणको काम ५० प्रतिशत सकियो

 

काठमाण्डौ ८ फागुन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण कार्य ढेड महिना नपुग्दै आधा  सकिएको छ ।
पौष २५ गते नेपालका चर्चित हास्यकलाकार महजोडि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा शिलान्यास भएको उक्त निर्माण तीब्र गतीमा अगाडी बढेको छ ।

बस्तीको काम ४२ दिनमै ५० प्रतिशत सकिएको मुसहर बस्ती निर्माणका परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए ।

फाउण्डेसनका अध्यक्ष सितारम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अष्ट्रेलिया फर्केलगत्तै  वस्ती निर्माणमा खटिरहेका छन् ।
फउण्डेसनले बस्ती निर्माणका लागी ४ करोड ७८ लाख लागत अनुमान गरेपनि हालसम्म फउण्डेसनलाई २ करोड ५८ लाखको हाराहारीमा सहयोग प्राप्त भएको छ । फउण्डेसनका लेखा अधिकृत सरोज जंग खत्रीका अनुसार ‘वस्ती निर्माणका लागी अझै पनि २ करोड बढी रकम आवश्यकता छ ।