मुग्लिन–नारायणगढ सडकमा खसेको पहिरोमा परि मृत्यु भएका दुबै जनाको सनाखत

काठमाण्डौ, २१ चैत्र । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नारायणगढ सडक खण्डको घुमौनेमा सुख्खा पहिरो खस्दा पुरिएर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

मृत्यु हुनेमा लमाजुङ सुन्दर बजार–३ बस्ने बस्ने बा १० प ४८४४ नम्बरको मोटरसाईकलका चालक रेशराज राना त्यस्तै ना ४ ख ५४१९ ट्याङकरका सहचालक भारत बेतियाका २५ वर्षिया बिनय कुमार कोईरी मृत्यु भएको छ ।

घाइते हुनेमा सोहि ट्याङकरका चालक पर्सा जिल्ला घर भएका बनु पटेल र लमजुङ सुन्दर बजार–३ भोटेओडारका सन्दिप राना रहेका छन् ।

पहिरो बिहान दश बजेतिर खसेको थियो । पहिरो पन्छाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरीएको थियो ।