September 20, 2017

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो जादा, २ जना प्रहरीको मृत्यु, २ वेपत्ता

चितवन,९ असार । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरो जादा प्रहरीको भ्यान पुरिएर दुई जनाको ज्यान गएकाे छ भने,दुईजना प्रहरी वेपत्ता रहेका छन् ।

उक्त पहिराेमा पुरीएर प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दिपक मास्केको ज्यान गएकाे र प्रहरी जवानहरु सन्दिप कार्की र लिलबहादुर चेपाङ वेपत्ता रहेका छन् । अहिले उनिहरूका खोजी कार्य भइरहेकाे चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । साही स्थानमा एउटा मालवाहक ट्रक पनि पहिरोमा पुरिएको छ । ट्रकका सहचालक मकवानपुर मनहरीका १९ वर्षीय सानु भोलन गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भोलन लाई घटनास्थलबाट उद्धार गरेर प्रहरीले उपचारका लागि भरतपुर ल्याएको छ । ट्रक चालक भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । उक्त घटनास्थलमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख दिपक थापा, ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त लगायतको टोली पुगेको छ । पहिरोका कारण बाटो अबरुद्ध भएपछि सवारी साधनहरुको लामो लाइन लागे संगै  सैयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।