August 19, 2017

मिस सुर्खेत २०१७ को उपाधी रञ्जना केसीलाई

रमेश कुमार पाण्डे /सुर्खेत, १२ चैत्र । दर्जन बढी प्रतियोगीलाई पछि पार्दै सुर्खेत बिरेन्द्रनगरकी रञ्जना केसीले मिस सुर्खेत २०१७ को ताज पहिरन सफल भएकी छिन ।
प्रतियोगीतामा व्यक्तित्व विकास, मोडलिङ्गको ज्ञान, सामाजिक सोचमा परिवर्तन जस्ता विषयगत चरणलाई छनौटको मुख्य आधार बनाइएको थियो ।
ती सबै चरणहरु कुशलतापूर्वक पार गर्दै रञ्जना मिस सुर्खेत २०१७ घोषित भएकी हुन । यस्तै गरी फस्ट रनर अफमा एकता देवकोटा र सेकेण्ड रनर अफमा मन्जु लम्साल घोषित भएका छन् ।

निर्णायक मण्डलमा रहेका नायिका सञ्जिता लुइटेल र सुपर मोडेल दिपक घिमिरले विजेताहरुलाई ताज पहिराएका थिए ।
मिस सुर्खेत २०१७ को उपाधी विजेता रञ्जनाले ५० हजार नगद र राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछिन ।
आयोजक सुत्र मोडलिङ्ग एण्ड आर्ट क्रियसनका निर्देशक विजय खत्रीले सौन्र्दय र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनका लागि मिस सुर्खेतमा सञ्चालनमा ल्याएको बताएका छन ।