June 28, 2017

मिसिसिपिमा ट्रेन बससँग जुध्दा चारको मृत्यु, दर्जनौं घाइते

काठमाण्डौ, २५ फाल्गुन । मिसिसिपिमा ट्रेन बससँग ठोकिँदा कम्तिमा चार जनाको मृत्यु र दर्जनौंको संख्यामा घाइते भएका छन् ।

ट्रेनले टुरमा निक्लिएको बसलाई हान्दा बस ९१ मिटर (३०० फिट) पर पुगेको थियो । बसमा जम्मा ४३ जना सवार थिए र ती मध्ये तीन जनाले घटनास्थलमै ज्यान गुमाए भने एकजनाको अस्पतालमा मृत्यु भयो ।

रेल मार्गमा बस केही बेर रोकिएको थियो । त्यो बस किन त्यहाँ रोकिएको हो त्यो थाहा पाउन सकिएको छैन । तर सरकारी जानकारीका अनुसार बस त्यहाँ रोकिनुको कारण इन्जिन फेल भएको हुनसक्ने बताइएको छ ।

घटनाका प्रत्यक्षदर्शी क्रेग रोबिन्सनले भने,‘मैले अरु यात्रुहरुलाई बसबाट बाहिर निस्किऔं भनेर म निस्किएँ र लगत्तै ट्रेन आएर हाम्रो बसमा ठोकियो ।’

बिलोक्सीका प्रहरी प्रमुखले यो घटना अत्यन्त दुःखद् भएको र अझै केही यात्रुहरुलाई असर पर्न सक्ने बताए । टुर बस अस्टिनबाट टेक्सासतिर जाँदै थियो । स्काई न्युज