July 26, 2017

मिनिट्रक दुर्घटना एकको मृत्यु तीन घाईते

जगदिश खनाल

नुवाकोट, १६ फागुन । नुवाकोटको नर्जामण्डप–३ अमारेमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

नर्जामण्डप ४ का १३ वर्षिय केदार तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

अमारेबाट ढुंगा बोकेर गइरहेको वा ३ ख ९१३६ नम्वरको मिनिट्रक सडकवाट एकसय २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

घाईते हुनेमा लच्याङ गाविस वडा नं. १ का ट्रक चालक राजेन्द्र लंगुर, वडा नं. ९ का लक्ष्मण तामाङ र वडा नं. ४ का २२ वर्षिय सोवित तामाङ रहेका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।