October 18, 2017

मिडियासँग दूरी बढाउँदै ट्रम्प

काठमाण्डौ, फाल्गुन १५ । राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्प मिडियामाथि खनिएका थिए । त्यो कदमलाई निरन्तरता दिँदै ट्रम्पले विश्व चर्चित मिडियाहरुलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाउने निर्णय गरेका छन् ।

उनको यो कदमले मूलधारका मिडियाहरु आक्रोशित बनेका छन् । ट्रम्पले आफ्नो आलोचना गर्ने मिडियालाई प्रवेश निषेध भनेका हुन् । ट्रम्पले ती मिडियाहरुले झुठा समाचार सम्पे्रषण गरेको भन्दै यस्तो कदम चालेको बताएका छन् । यसले गर्दा अमेरिकी जनताको प्राचिन समाचार संस्थामाथि बेवास्ता भएको छ ।

बिबिसी, सिएनएन बाहेकका मिडियालाई भने रोक लगाइएको छैन । यसले गर्दा ट्रम्पमाथि आफु अनुकुल मिडियालाई मात्र अधिकार दिएको आरोप छ । आफ्ना कुरा सहजै मतदातासम्म पुग्ने हुनाले उनले यस्तो कदम चालेको एजेन्सीले बताएको छ । बिबिसी