November 17, 2017

मिडियाले आफ्नो छवि बिगारेको ट्रम्पको आरोप

काठमाण्डौ ६ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडियाले आफ्नो छवि बिगारेको आरोप लागाएका छन् ।
हवाईट हाउसमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मिडियालाई आचारसहिंता भन्दा बाहिर गएको आरोप लगाएका छन् ।
ट्रम्पले भनेका छन् ‘पदभार सम्हाले पछि देश विदेशबाट बधाईको ओईरो लागे पनि मिडियाले त्यसलाइ कम गरी देखाएको छ ।’
ट्रम्पले भनेका छन् ‘मिडिया बेइमान भईसकेका छन, यदि यसमा हामीले नियन्त्रण गरेनौँ भने यसले अमेरिकालाई धेरै ठुलो असर पुग्ने छ ।
शेयर बजार बढनु र गैरकानुनी रुपमा आएका आप्रवासी माथि गरेको काडाईलाई उनले सफलताको संकेत भनेका छन् । आप्रवासी माथि लागाएको प्रतिबन्धको नयाँ कार्यकारी आदेश अर्काे हप्ता आउने बताएका छन् ।
नयाँ आदेश अदालतको आदेश अनुसार रहेन उनले बताएका छन् । यस भन्दा पहिले ट्रम्पले सात मुस्लिम देशका नागरिक माथि लगाएको प्रतिबन्धमा अदालतले रोक लगाएको थियो । (एजेन्सी)