August 23, 2017

मारवाडी युवाको अध्यक्षमा बजरंग अग्रवाल

नरेश के.सी./भैरहवा २६ चैत्र । नेपाल राष्ट्रिय युवा मारवाडी संगठनको दोस्रो अधिवेसनले बजरंग अग्रवाललाई आगामी कार्यकालको लागी अध्यक्षमा चयन गरेको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा महेश अग्रवाल, क्षेत्र ए कोे अध्यक्षमा राजेश मुन्द्र अग्रवाल, क्षेत्र बी को अध्यक्ष अभिशेष काब्रा , क्षेत्र सी को अध्यक्षमा नितेश महेश्वरी र क्षेत्र डी को अध्यक्षमा मनोज अग्रवाल चयन भएका छन् ।

यसैगरी सदस्यहरुका राजेश लखटिया, यज्ञराज अग्रवाल, नेहा अग्रवाल, मुकेश मिरतुका, मोहित केडिया, चिराग अग्रवाल, सुनिल कुमार अग्रवाल, श्रीप्रकाश तोत्ला, सन्दिप लालवानी, सुनिल विरला, मनोज अग्रवाल, गौतम अग्रवाल, पंकज गोयल, दिपक बजाज, राहुल शर्मा, प्रविन सारोगी, सन्तोष कुमार अग्रवाल, राजेश कुमार अग्रवाल, सन्दीप अग्रवाल र अमृत सन्चेती चयन भएको मारवाडी युवा संगठन रुपन्देही सल्लाहकार रबि पारिखले जानकारी दिए ।

महाधिवेसन भैरहवामा हिजोदेखी शुरु भएको थियो । महाधिवेसनको उद्घाटन नेपाल राष्ट्रिय मारवाडी परिषदका राष्ट्रिय अध्यक्ष पवन मित्तलले गरेक थिए ।