September 25, 2017

मान्छे मारेर बगैचामा गाडने गर्थे बाबा राम रहीम

काठमाण्डौ १९ भदाै । बलात्कारकाे अभियोगमा जेलमा सजाए काटिरहेका भारतीय धर्म गुरु  गुरमीत राम रहीमकाे हरियाणास्थित डेराबाट थुप्रै नर कंकाल भेटिन सक्ने अाशंका गरिएकाे छ ।

भारतीय समाचारपत्र दैनिक भास्करले डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीमकाे अाश्रमसंग सम्बन्धित एक जना साधु गुरदास सिंहकाे भनाइलाई उदधृत गर्दै डेराका बैगैचाहरुमा खन्न सकियो भने धेरै मानिसका अस्थिपञ्जरहरु भेटिनसक्ने बताएकाे छ ।

बाबा राम रहीमले अाफ्ना धेरै विरोधीहरुकाे हत्या गराएर अाफ्नो डेरा वरपरकाे बगैचाहरुमा गाडने गरेकाे अाशंका गरिएसंगै डेरासंग सम्बन्धित साधुबाट नै यो खबर बाहिर अाएकाे हो । बिबिसीबाट ।