August 23, 2017

माध्यमिक शिक्षा परिषद्को परीक्षा आजबाट सुरु

काठमाण्डौ ३ फाल्गुन । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा आजबाट शुरु भएको छ । प्रवेशिका अर्थात एसएलसी हटाएपछि  पहिलो पटक एसइइको परीक्षा सुरु भएको हो ।

परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भैरहेको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक तह कायम भएपछि कक्षा १० को परीक्षालाई सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) नामकरण गरिएको हो । बिद्यार्थीहरुले परीक्षा प्रणालीमा भएको परिवर्तनले आफुहरु उत्साहीत भएको बताएका छन ।

आज शुरु भएको परीक्षा साधारणतर्फ चैत ११ र प्राविधिकतर्फ १४ गते सकिनेछ । परीक्षामा देशभरबाट कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सम्मिलित भएका छन् । परीक्षाका लागि देशभर १९ सय २३ वटा परीक्षा केन्द्र तोकिएको छ ।