October 23, 2017

माधव नेपालले भने- ‘एमाले विकासवादी पार्टी हो’

काठमाण्डौ, २६ चैत्र । नेकपा एमालको नेता माधव कुमार नेपालले नेकपा एमाले विकासवादी पार्टी भएको बताएका छन ।

नेकपा एमाले रामेछाप काठमाडौ सम्पर्क मञ्चले शनिबार काठमाडौमा गरेको भेलामा नेता नेपालले मुलुकको विकासका लागी एमाले सधै अग्रपङ्तीमा रहेर काम गरेको बताए ।

उनले एमाले पटक पटक सरकारमा रहदा धेरै विकासका कार्यक्रम ल्याएको र कार्यान्वयन पनि गरेको दाबी गरे ।

लोकतन्त्र र मुलुकको बिकासका लागी एमाले कहिल्यै पछि नरहने नेता नेपालको धारणा थियो ।

कार्यक्रममा एमालेका युवा नेताहरुले स्थानीय निकायको निर्वाचनमा युवाहरु उम्मेदवारहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।