October 20, 2017

माग सम्बोधन नभए छुट्टै महाधिवेशन गर्ने माधव नेपाल पक्षधर युवा संघको चेतावनी

काठमाडौं, ५ फाल्गुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिएको छ ।
बिहिवार रिपोर्टर्स क्लब नेपालमा गरीएको पत्रकार सम्मेलनमा नेपाल पक्षधरले संघको नेतृत्व र पार्टीका जिम्मेवार नेताहरूले संघलाई हुकुमी शैलीमा संचालन गर्नु, गराउनु गैर–राजनीतिक चरित्र भएको भन्दै जायज मागहरू सम्बोधन नगरिए ०७४ बैशाख ९ देखि १२ गतेसम्म चितवनमा महाधिवेशन सम्पन्न गर्ने चेतावनी दिएको छ ।
संघकी उपाध्यक्ष दिलु पन्तले पार्टीको विधानबाट हटाईएको कुरालाई अझैपनि कायमै छ र हो भनेर संस्थापक पक्षले दलबलको आधारमा छलफल नै नगरि एकलौटी रुपमा युवा संघ कब्जा गर्न खोजकोे आरोप लगाउनुभयो । सचिबहरु हस्तबहादुर शाही र नरेश शाहीले पार्टीको विधान र नियामावली कुल्चेर संघको महाधिवेशनलाई विवादमा पार्न खोजेको ओरोप लगाए ।