May 23, 2017

माओवादीलाई सघाएकाे आरोपमा दिल्ली विश्वविध्यालयका प्रोफेसरलाई जन्मकैद 

काठमाण्डौ, २४ फाल्गुन ।महाराष्ट्रकाे  गढचिरोलीको एक अदालतले दिल्ली विश्वविध्यालयका प्रोफेसर डाक्टर जि.एन. साईबाबालाई जन्मकैद फैसला सुनाएको छ ।

उनलाई गैरकानुनी गतिविधी राेकथाम कानून अन्तर्गत सजाय सुनाइएकाे अदालतले बताएकाे छ ।जि.एन. साईबाबा दिल्ली विश्वविध्यालयमा अँग्रेजी विषयका प्राेफेसर हुन ।

त्यस्तै अर्का एक जना विजय टिर्के नाम गरेका व्यक्तिलाई पनि अदालतले १० वर्षको जेलको सजाय सुनाएको छ । उनलाई माओवादीसँग सम्बन्ध राखेको कारण यो फैसला सुनाइएको हो ।

उनीसँगै अन्य पाँच जनालाई पनि जन्मकैदकाे सजाय सुनाइएकाे छ । पाँच जना मध्ये जवाहरलाल नेहरु विश्वविध्यालयका विध्यार्थी हेमन्त मिश्र र प्रशान्त राही पनि छन ।  माओवादीसँग सम्बन्ध राखेका कारण सन् २०१४ मा उनलाई महाराष्ट्र प्रहरीले पक्राउ गरेकाे थियाे। सन् २०१५ उनी जमानतमा छुटेका थिए । प्रोफेसर जि.एन. साईबाबा अपाङ्गता भएका व्यक्ति हुन ।