October 23, 2017

माओवादी केन्द्रद्वारा संविधान संशोधनको विषयमा मधेशी माेर्चासँग भएको सहमति अनुमोदन

काठमाण्डौ, १० वैशाख । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले सरकार र आन्दोलनरत मधेस केन्द्रित दलबीच संविधान संशोधनको बिषयमा भएको सहमतिलाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार बसेको पार्टीको हेडक्वाटर बैठकले सरकार र मोर्चाबीच भएको सहमतिलाई अनुमोदन गरी स्थानीय तहको निर्वाचन भय रहित तवरले सम्पन्न गराउन आवश्यक पहल गर्नसमेत आग्रह गरेको छ । लामो कसरतपछि सरकार, मोर्चा र प्रमुख दलबीच निर्वाचनलाई नै केन्द्रमा राखेर सहमति हुनु सुखद् रहेको जनाउँदै माओवादी केन्द्रले सहमतिको प्रयासमा प्रमुख भूमिका खेल्ने सबैलाई धन्यवाद समेत दिएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

अाजै प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपरेको कारणबारे निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । प्रधानमन्त्री र आयोग पदाधिकारीबीच भएको छलफलमा दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे आयुक्तहरुसँग परामर्श गरिएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।