August 18, 2017

माओवादी केन्द्रको चुनावी गीत सार्वजनिक

काठमाण्डौ, ८ वैशाख । नेकपा माओवादी केन्द्रले चुनावलाई लक्षित गर्दै चुनावी नारा सहितको गीति एल्वम सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका नेता एवं सञ्चारमन्त्री सुरेन्द्र कार्कीले एल्बम सार्वजनिक गरेका हुन् । ई. अनन्तराज घिमिरेको ‘आयो आयो माओवादी’ नामक गीति एल्बम विमोचनमा स्मिता दाहालको स्वर छ, उक्त एल्बम ‘ब्लु आईज ईन्टरटेनमेन्ट’ प्रा.लि.को प्रस्तुतिमा बजारमा आएको हो । एल्बमा दुई वटा गीतहरु समावेश गरिएका छन् ।

उक्त एल्बममा सङ्गीत बि.बि अनुरागीको रहेको छ भने स्वर स्मिता दाहालको छ । त्यस्तै गीतको शब्द राजेश्वरी सुवेदी र मिलन अधिकारीको रहेको छ ।