August 17, 2017

माओवादीले तोक्यो मन्थली नगरपालिमा मेयर र उपमेयरको उम्मेदवार

उमङ्ग मैनाली /रामेछाप ४ बैशाख । नेकपा माओवादी केन्द्र रामेछापले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मन्थली नगरपालिकाको प्रमुख एवं उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको प्रमुखमा माओवादीले पूर्वसभाषदलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मन्थली नगरपालिकाको प्रमुखमा पूर्वसभाषद तारानारायण श्रेष्ठलाई उम्मेदवार बमनाउने निर्णय गरेको छ । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रले रितादेवी घिमिरेलाई उम्मेदवार बनाएको छ ।

रामेछापको साविकको कठजोर गाविस निवासी श्रेष्ठ नेकपा माओवादी केन्द्रको तर्फबाट पहिलो संविधान सभामा रामेछाप निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फबाट निर्वाचित सभाषद हुन् ।
यसैगरी उपप्रमुखमा साविकको पुरानागाउँ गाविसकी रितादेवी घिमिरेको नाम माओवादी केन्द्रले सार्वजनिक गरेको छ । उनी द्वन्द्वको समयमा माओवादीको जनमुक्ति सेनाको प्लाटुन कमाण्डर भएकी थिइन् ।