माईभ्याली गोल्डकप अन्तर्गत रुपन्देही ११ र दुर्गापुर स्टिल भिड्दै

काठमाण्डौ, १८ चैत्र । ईलाममा जारी माईभ्याली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत अहिले रुपन्देही–११ र भारतको दुर्गापुर स्टिल कोलकत्ता बीच खेल भइरहेको छ ।

पहिलो हाफको समापनसँगै दुवै टोली १–१ गोलको बराबरीमा खेलिरहेका छन् । कोलकत्ताका लागि खेलको २६ औं मिनेटमा बाबुलाल मण्डलले गोल गर्दै अग्रता बनाएका थिए । रुपन्देहीको लागि पहिलो हाफको अन्तिम समयमा विजय धिमालले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउन सफल भए ।

प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले साढे २ लाख रुपैंया प्राप्त गर्नेछ । साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले  १ सय ५० सिसिको यामाहा मोटरसाइकल प्राप्त गर्नेछ ।