August 23, 2017

महिला अन्तर्राष्ट्रिय तेक्वान्दोमा सरिता र सिनालाई स्वर्ण

काठमाण्डौ, २३ चैत्र । प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मीकी सरिता गुरुङ र पुर्वाञ्चलकी सिना मादेनले पुम्सेतर्फ स्वर्ण जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको पहिलो दिनको खेलमा सरिताले यू–१५ र सिनाले यू–१९ पुम्सेमा स्वर्ण जितेका हुन् ।

उक्त प्रतियोगिताको उद्घाटन प्रमुख शान्तिमन्त्री सितादेवि यादवले गरेकी थिइन् । सो अवसरमा सांसद एवं नेपाली जनता दलका अध्यक्ष हरिशरण शाह, टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताले टाइगर ब्रुअरीको टेन्सवर्ग बियरको साथ पाएको छ ।

कुल १३ स्पर्धामा समावेश दुई दिने प्रतियोगितामा गेरोगीमा सिनियर र जुनियर गरी विभिन्न ९ तौलसमूह तथा पुम्सेमा ४ विधामा प्रतिस्पर्धा भएको संयोजक बस्यालले बताइन् ।