September 25, 2017

महिला अधिकारकर्मीहरुद्वारा नारी र पुरुष समानतामा जोड

काठमाण्डौ, २५ फाल्गुन । महिला अधिकारकर्मी तथा नेतृहरुले अबको युग भनेको पुरुष र नारी समानताको युग भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल ब्युटिसिन संघले काठमाण्डौमा गरेको महिला हिंसा तथा लैङ्गिक समानता बिषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

पछिल्लो समय नारीको अध्ययन तथा सक्रियताका कारणले उनीहरूले समाजको विभिन्न क्षेत्रमा योगदान गरिरहेको उनीहरुको भनाई छ ।

कार्यक्रममा संघका अध्यक्ष भगवती खड्का, काग्रेस नेतृ सुजाता परियार लगायतले समाजमा चल्दै आएका पितृसतात्मक सोचका कारण महिलालाई अहिलेसम्म पनि उपेक्षा गरिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उनीहरुले राज्यका हरेक निकायमा महिलाको सहभागिता न्यून रहेको धारणा पनि राखेका थिए ।