June 27, 2017

महिलाले आफ्ना पुरुषलाई त्यति खुशी दिनुपर्छ जति सनी लियोनी दिन्छिन्ः राम गोपाल

काठमाण्डौ, २६ फाल्गुन । बलिउडलाई गसिपको भण्डार मानिन्छ । हुन पनि हो यहाँ साना साना कुरालाई पनि ठूला विषय बनाइन्छन् ।

त्यसैगरी सामाजिक सञ्जालमा गरिएका पोस्टले पनि बलिउडलाई तताउने गर्छ । फिल्मकार राम गोपाल वर्माले पनि अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विवादास्पद ट्वीट गरेका छन् ।

उनले ट्वीट गर्दै भने, ‘हर महिलाले आफ्ना पुरुषलाई त्यति खुशी दिनुपर्छ जति सनी लियोनी दिन्छिन् ।’ उनको यो ट्वीटलाई लिएर गोवाकी एक महिलाले उनको विरुद्ध गुनासो दर्ता गराएकी छिन् ।

वर्माले आफ्नो ट्वीटमा विरोध गर्नेलाई पाखण्डी भनेका छन् । तर उनले कुन आशयले त्यो ट्वीट गरेका हुन् यो कुरा भने अझै गोप्य नै छन् । धेरैले भनेका छन् कि याे ट्वीट उनलाई महङ्गो पर्नसक्छ ।