June 27, 2017

महाशिवरात्रिमा पशुपतिनाथमा विशेष पुजाको व्यवस्था स्थगित

काठमाण्डौ, १२ फाल्गुन । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिमा सःशुल्क पशुपतिनाथ दर्शनको व्यवस्था हटाएको छ ।
महाशिवरात्रिको तयारीबारे जानकारी दिन काठमाडौमा पत्रकार सम्मेलन गरी कोषले एक हजार रुपैया“को टिकट र विशेष पासको व्यवस्था हटाइएको जनाएको हो ।

यसपटक महाशिवरात्रिमा विशेष पूजाको व्यवस्था पनि स्थगित गरिएको छ भने साधु–सन्तहरुलाई गाँजा तथा भाङ दर्शनार्थीहरुलाई बिक्री–वितरण गर्न पनि रोक लगाइएको छ ।

शिवरात्रिका दिन पशुपतिनाथ मन्दिरको उत्तर, पश्चिम र दक्षिणतर्फका ढोका बिहान साढे तीन बजेदेखि नै खुला रहनेछन् ।

यसैगरी पशुपतिनाथको दर्शनका लागि चारवटा लाइनको व्यवस्था गरिएको छ । यस वर्षको महाशिवरात्रिमा ६ लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गर्ने अनुमान कोषले गरेको छ ।