June 24, 2017

महाराष्ट्रको खोलामा भेटियो १९ बालिकाको भ्रूण

काठमाण्डौ, २३ फाल्गुन । महाराष्ट्रको सांगली जिल्लामा छोरी जन्मिनुभन्दा पहिला नै भ्रूण हत्या गर्ने सत्यता सबैको सामु आएको छ ।

यहाँ एउटा खोलाबाट पुलिसले १९ बालिकाको भ्रूण बरामद गरेको छ । ती बालिकाहरुको भ्रूण पलास्टिकको थैलीभित्र भेटिएको थियो । तर यो घटनाको मास्टरमाइन्ड डाक्टर अझै फरार छन् ।

२६ वर्षीया महिलाको गर्भपतन गर्ने क्रममा मृत्यु भएपछि घटनाको खुलासा भएको हो । ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् र पहिला दुई पटकसम्म २ बालिका थिइन् ।

यसपटक पनि बालिकाको जन्मिदैं थिइन् र सांगलीको भारती अस्पतालमा गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको थियो । अस्पतालका डाक्टर बाबा साहब खिंद्रापुरेको विरुद्धमा मुद्दा दर्ता भएको छ ।

यो घटनाले फेरी भारतमा लैङ्गिक भिन्नताको अवस्था कस्तो छ भनेर देखाएको छ । छोरा नै चाहिने प्रवृत्तिले गर्दा कयौं बालिकाहरुको भ्रूण हत्या बढ्दो छ ।