August 24, 2017

मलेसिया सरकारले ५० जना उत्तर कोरियाली नागरिकलाई देश निकाला गर्ने

काठमाण्डौ, २ चैत्र । मलेसिया सरकारले ५० जना उत्तर कोरियाली नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

मलेसियाले आफ्नो मुलुकमा रहेका उत्तर कोरियाली नागरिकलाई मुलुक छोडेर जान तत्काललाई प्रतिबन्ध लगाएको थियो । मलेसियास्थित एक विमानस्थलमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका सौतेनी भाई किम जोङ नामको हत्या भएपछि मलेसियाले यस्तो निर्णय गरेको थियो ।

प्रतिवन्धका बावजुद उत्तर कोरियाली नागरिकलाई देशनिकाला गर्ने मलेसियाको निर्णयलाई चासोका साथ हेरिएको छ । मलेसियाले बोर्नियो टापुमा कामदारका रुपमा रहेका ५० जना उत्तर कोरियालीको भीसा अवधी सकिएका कारण देश निकाला गर्न लागिएको जनाएको छ ।

किमको हत्यापछि दुई मुलुकको सम्बन्धमा तनाव उत्पन्न भएको छ । किमको हत्या उत्तर कोरियाले नै गराएको आरोप लागेपनि पुष्टी भएको छैन् ।