June 28, 2017

मलेसियामा कार्यरत राष्ट्रसंघका कर्मचारीले उत्तर कोरिया छाडे

काठमाण्डौ, २६ फाल्गुन । मलेसियाका संयुक्त राष्ट्रसंघ (युएन) मा कार्यरत दुई कर्मचारीले उत्तर कोरिया छाडेका छन् ।

किम जोङ नामको रहस्यमय मृत्युले गर्दा मलेसिया र उत्तर कोरियाको सम्बन्धमा चिसोपना आएको हो । जसले गर्दा दुई देशका नागरिकलाई आवागमनमा रोक लगाइएको छ ।

ती दुई संयुक्त राष्ट्रसंघ अन्तर्गत विश्व खाद्य कार्यक्रममा कार्यरत थिए । ती दुई बिहीवार नै सकुशल चीनको राजधानी बेइजिङ आइपुगेका छन् ।

यद्दपि मलेसियाले यो घटनालाई लिएर प्रत्यक्ष रुपमा आक्षेप नलगाए पनि शंका र आशंकाले गर्दा दुई देशका सम्बन्धमा उतारचढाव देखिएको हो । बीबीसी