October 18, 2017

मन्त्रीपरिषद्को बैठक स्थगित, अर्को बैठक भोलि ३ बजे बस्ने

काठमाण्डौ, २७ चैत्र । उपप्रधानमन्त्रीको वरीयताका कारण पटकपटक सर्दै आएको मन्त्रिपरिषद् बैठक आईतबार पनि स्थगित भएको छ ।

आईतबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक स्थगित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि दिउँसो ३ बजेका लागि बैठक डाकेका छन् ।

प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा रहेका बेला अर्का उपप्रधानमन्त्री कमल थापालाई दोस्रो हैसियतमा राखेको कारण तीन साता यता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।

बैठक बस्न नसक्दा मन्त्रिपरिषद्ले नियुक्त गरेका आइजीपीलाई सर्वोच्चले बदर गरेकाले अर्को नियुक्ति प्रक्रिया समेत अवरुद्ध बनेको छ । त्यस बाहेकका नियमित काम समेत प्रभावित भएका छन् ।