October 19, 2017

मनाङमा अवैध रुपमा ड्रोन उडाउने ग्रिसका नागरिक पक्राउ

काठमाण्डौ,१० वैशाख । मनाङमा अवैध रुपमा ड्रोन उडाउँदै गर्दा पक्राउ परेका एक विदेशी नागरिक ५ हजार जरिवाना तिरेर छुटेका छन् ।

अनुमति नलिई ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा मनाङ प्रहरीले बुधबार साँझ ग्रिसका नागरिक पेट्रोस नउसियसलाई चामे गाउँपालिका ४ गुम्बा परिसरबाट पक्राउ गरेको हो ।

नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार ड्रोन क्यामेरा फिर्ता गरी जरिवाना लिएर उनलाई छाडिएको थियो ।

यो खबर आजको कान्तिपुरमा दैनिकमा छ ।