September 26, 2017

मनाङको चामे गाउँपालिकामा एमालेबाट प्रमुख, कांग्रेसबाट उपप्रमुख विजयी

काठमाण्डौ १ जेठ । मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका प्रमुखमा नेकपा एमालेका लाेकेन्द्रबहादुर घले निर्वाचित भएका छन । घले २ सय १४ मत प्राप्त गरेर विजयी भएङ्का हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत पाइन्।

यसैतगरी उपप्रमुखका नेपाली कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ १ सय ६९ मत प्राप्त गरी बिजयी भएङ्का छन। गुरुङका प्रतिद्धन्दी टिकनदेवी गुरुङले ९ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।